ओयस्टर तथा समुन्द्री खानेकुरा यौनवर्द्धक हुन्छन् ?
इन्भेष्टाेपेपर । भाद्र २८, २०७९
सायद इतिहासकै सबभन्दा प्रख्यात प्रेमी क्यासानोभाले बिहानी नास्तामा ५० वटा ओयस्टर खान्थे भनिन्छ। तर ओयस्टर सेवन र यौनशक्तिबारे कुनै प्रमाणित सम्बन्ध पाइँदैन। तर ओयस्टर खानाले याैनशक्ति बढने कुरामा धेरैेले विश्वास गर्दछन् ।
ओयस्टर यौनवर्द्धकको रूपमा ठानिनुलाई ग्रीक किम्वदन्तीमा प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति समुन्द्रमा भएकोसँग जोडेर हेरिन्छ । किम्वदन्ती अनुसार ग्रीक प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति सेतो फिँजबाट भएको थियो र उनी समुन्द्रबाट निस्किएकी थिइन्। त्यसैले समुन्द्री खानेकुरा यौनवर्द्धक मानिन्छन्।
तर जे होस् ओयस्टर खान रुचाउनेहरूका लागि खुसीको खबर के छ भने यी महँगा मोलस्क जातीका प्राणीहरूमा प्रशस्त जींक तत्व पाइन्छ जुन् टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन्।
साथै अनुसन्धानहरूका अनुसार जींकले पुरुषको नपुंसकताको उपचार गर्न तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पुर्याउँछ भन्ने देखाएका छन्।
जींकका अन्य स्रोतहरूमा शेलफिस, रातो मासु, बियाँ (उदाहरणका लागि फर्सीको बियाँ वा तील), काजु, हाडे बदाम, चना, राजमा, दूध तथा चीज पर्छन्।
— बिबिसीबाट
