जव आरंगुटानले सहायताकाे हात बढायाे, एक व्यक्तिकाे भयाे खतरनाक पाेखरीबाट उद्धार

इन्भेष्टोपेपर । आश्विन १०, २०७

मानिसलाई कहिले काँही यस्तो संकट आउँछ जसका बारेमा हामीले कल्पना पनि गर्न सक्दैनौं । याे घटना ब्राेनियाे टापुमा घटेकाे थियाे । ब्राेनियाे टापु इण्डाेनेसिया, मलेसिया र ब्रुनाइकाे नजिकै छ र एशियाकाे सबैभन्दा ठूलाे तथा विश्वकाे तेश्राे ठूलाे टापू हाे । यही टापूकाे जंगलमा घुमिरहेका बेला एक जना व्यक्ति पोखरीमा खसे । त्यो पोखरी यस्तो खतरनाक थियो की त्यहाँ सर्प पनि थियो ।

पोखरीमा यस्तो दलदल समेत थियो त्यहाँवाट बाहिर निस्कन सक्ने अवस्था थिएन । उनी बाहिर निस्कने कोशिष गर्दै थिए तर सकिरहेका थिएनन् । सीएनएनमा प्रकाशित समाचार अनुसार ति ब्यक्ति वार्डन थिए । उनी सर्प को अध्ययन गर्थे ।

जंगल सफारीमा रहेका फाेटाे पत्रकार अनिल प्रभाकरले पोखरीमा खसेका ति वार्डनलाई अर्कै जनावरले उद्धार गरिरहेको देखे । उनले त्यो तस्बिर तत्काल खिचे, जसले संसारभरका मानिसको ध्यान तान्याे र तानिरहेकाे छ ।

जंगलमा गएर वार्डन सर्प निकाल्न खोज्दै थिए, त्यतिबेला उनी पोखरीमा खसेको उनले उल्लेख गरेका छन् । त्यति नै बेला त्यहाँ एक आरंगुटान आयो र वार्डनलाई त्यहाँबाट निकाल्यो । आरंगुटानले वार्डनको उद्धार गरिरहेको तस्वीर खिचेका प्रभाकरले त्यहाँ धेरै हिलो र घाँस रहेको बताए । पोखरीमा खसेका बेला सर्पले वार्डनलाई हानी गर्न सक्ने भएपनि तत्कालै आरंगुटान आएर उद्धार गरेको थियो ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *