महिलाका यी ५ गुण जसलाई पुरुषले सधै गर्छन् प्रशंशा

इन्भेष्टाेपेपर । भाद्र ४, २०७९

आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु मात्र हाेइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत सौन्दर्यतालाई रोज्ने मानिसहरु पनि धेरै छन् ।

व्यक्तिगत सौन्दर्यता एउटा यस्तो कुरा हो, जो लामो समयसम्म टिकिरहन्छ । तर मेनिकेयर, फेसियल, मोइस्चराइजर गरेर देखिएको सौन्दर्यता क्षणिक हुन्छ । यदी महिलाहरूमा यी पाँच गुणहरू विद्यमान भएमा पुरूषले सधै प्रशंशा गर्दछन् ।

आत्मविश्वास

एक आकर्षक महिलामा हुनुपर्ने पहिलो गुण आत्मविश्वास हो । यदि एक व्यक्तिमा विश्वास छैन भने त्यो व्यक्ति आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्षम हुँदैन । आत्मविश्वासको कमीलाई आकर्षक मानिदैन । आत्मविश्वास भएका महिलाहरूले आफूलाई आकर्षक बनाउन सक्छन्, किनभने उनीहरुले आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छन् । तपाईं निडर हुनु धेरै महत्त्वपूर्ण हुन्छ ।

कुनै पनि व्यक्तिमा आत्मविश्वास त्यतिबेला आउँछ जब उसलाई आफ्नो बलियो पक्षको बारेमा थाहा हुन्छ । त्यसैले आफ्नो बलियो पक्षहरुको सूचि बनाउनु पर्छ । तपाईको सेन्स अफ ह्युमर होस् वा ध्यान दिएर सुन्ने क्षमता त्यो थाहा भयो भने अरुलाई प्रभाव पार्न सकिन्छ ।

स्वतन्त्र महिला

जो महिलाहरु आकर्षक हुन्छन् उनीहरुलाई स्वतन्त्र कसरी हुने भन्ने कुरा पनि थाहा हुन्छ । उनीहरु स्वतन्त्र भएकोले आफ्नो निर्णय आफैँ गर्छन् । जो महिला स्वतन्त्र छन् उनीहरु धेरै आकर्षक हुन्छन् । सबैले उनीहरुको प्रशंसा पनि गर्छन् । एक महिला स्वतन्त्र छिन् भने उनलाई निर्णय कसरी लिने थाहा हुन्छ । त्यसैले गुणहरू र सीपहरू विकास गर्नुपर्छ । जसमा आत्मविश्वास र आत्मनिर्भरता महशुस होस् । स्वतन्त्र मानिस भन्दा बढी शक्तिशाली र कामुक काेही हुँदैन ।

जोखिम उठाउने महिला

उत्साह जगाउने गतीविधिमा संलग्न हुने जोडीहरुले आफ्नो सम्बन्धमा धेरै सुखद अनुभव र धेरै सन्तुष्टि प्राप्त गर्न सक्छन् । यसभित्र स्काइङ, पहाड चढ्ने, बन्जि जम्पिङ पनि पर्छ । सबै खाले अनुभवमा आश्चर्य र उत्साह हुन्छ ।

यदी तपाई उचाईसँग डराउनु हुन्छ भने के हुन्छ ? जोखीम मोल्न तपाईलाई हवाईजहाजबाट हाम फाल्नु पर्दैन । विश्वास भनेको तपाईंको डरलाई स्वीकार्ने क्षमता हो । जो महिला जोखिम लिन तयार हुन्छन् उनीहरु कुनै पनि कुरादेखि डराउँदैनन्, यसले महिलालाई आकर्षक बनाउँछ ।

नियमित व्यायम गर्ने महिला

प्रत्येक व्यक्तिलाई स्वस्थ रहन व्यायाम महत्वपूर्ण हुन्छ । व्यायाम गरेर जो कोही आफैँलाई स्वस्थ राख्न सक्छ । जसले आफ्नो राम्रो ख्याल राख्दछ र नियमित रूपमा व्यायाम गर्दछ उनीहरूको स्वास्थ्य राम्रो हुन्छ । त्यस्ता महिलाहरू आकर्षक हुन्छन् ।

आफ्नो शरीरलाई उमेर अनुसार कसरी ढाल्न सकिन्छ भन्ने कुरा आकर्षक महिलाहरुलाई थाहा हुन्छ । यदि तपाई आकर्षक देखिन चाहानुहुन्छ भने तपाई व्यायाम गर्न सक्नुहुन्छ, त्यसको साथै पौडी खेल्न वा नृत्य कक्षा पनि लिन सक्नुहुन्छ ।

आत्म आलोचना गर्नुहुँदैन

जब तपाईं आफ्नो आलोचना गर्नुहुन्छ, अरुलाई मलाई मन नपराउ भन्नुहुन्छ भने त्यो राम्रो होइन । जो महिला आकर्षक हुन्छन् गुणवत्ता हुन्छन् उनीहरू आत्म आलोचना कहिल्यै गर्दैनन् । उनीहरु आफूलाई सकेसम्म सकारात्मक राख्छन् । साथै, यदि कुनै व्यक्तिले त्यस्ता महिलाको प्रशंसा गरिरहेका छन् भने, उनीहरुलाई बेवास्ता गर्नुहुँदैन । उनीहरुलाई धन्यवाद भन्नुपर्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *