पुरुषले बहुविवाह गर्नैपर्ने चलन, नगरे कानूनी रूपमै अपराधी घाेषित
संसारका विभिन्न देशमा आ-आफनै भिन्न भिन्न रितिरिवाज र परम्परा हुन्छन् । विवाहका पनि फरक फरक परम्परा हुन्छन् । अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ । जहाँ पुरुषले दुइ महिलासंग बिबाह गर्नुपर्छ |
हुन त अफ्रिकी देशहरूमा बहुविवाहलाइ सामान्य नै मानिन्छ तर इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी रहेकोमा यहाँ चाहिँ ठीक उल्टो छ ।
कुनै पुरुषले एउटा बिहेपछि अर्को बिहे नगरेमा कानूनी रूपमा अपराध गरेको ठहर्छ । उक्त व्यक्तिलाइ जेल सजाय समेत हुन सक्छ ।
यस्तो कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा । त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।
दुई बिहे नगर्ने पुरुषविरुद्ध त कानूनी कारवाही गरिन्छ नै । तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको सजाय दिइन्छ ।
इरिट्रीयामा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई विवाह गर्नुपर्ने पनि भएको हो ।
-एजेन्सी
