ह्वाटस्एपले नयां फीचर थप्याे, उपयाेगकर्ता हुनेछन् लाभान्वित

Investopaper, श्रावण १८, २०७६ 

ग्राहकहरूकाे चाहाना र प्रतिष्पर्धामा टिकिरहनकाे लागि हामीले प्रयाेग गर्ने ग्याजेट र संचालन पद्धतिमा नयां नयां फीचरहरू थप भैरहेका हुन्छन । जसकाे प्रयाेगले उपयाेगकर्ताकाे ध्यान केन्द्रित गर्न मद्दत त मिल्छ नै सरलता र सुरक्षाकाे समेत प्रत्याभूति दिन्छ ।

त्यस्तै, इंस्टैंट म्यासेजिंग एप ह्वाटस्एप (WhatsApp) ले एंड्राेइड तथा आइओएस सिष्टम दुवैमा ‘फ्रिक्वेंटली फर्वाडेड’ नामक एक नया फीचर थप गरेकाे छ । अव यस फीचरकाे माध्यमबाट माेवाइल फाेनमा एउटै म्यासेज ५ पटकभन्दा धेरै पठाएकाे खण्डमा यसकाे जानकारी दिनेछ ।

याे पनि पढनुहुन्छ ? चेनबिनाको साइकल निर्माण: चलाउन सजिलाे, फाेल्ड गरेर राख्न सकिने

यस फीचरकाे निर्माण फेक न्यूज तथा अफवाहों फैलाउनेखालका समाचारमा लगाम लगाउन भनेर बनाएकाे जनाइएकाे छ । पांच पटकभन्दा बढी फरवार्ड गरिएकाे म्यासेजमा फ्रिक्वेंटली फर्वाडेडकाे सूचना देखिने छ ।

यदी कुनै म्यासेजमा सिंगल एरो देखिन्छ भने उक्त म्यासेज कसैले फर्वाड गरेकाे भनेर बुझ्नु पर्दछ । जब डबल एरो वाला म्यासेज देखिन्छ भने याे संम्झनु पर्दछ कि याे म्यासेज फ्रिक्वेंटली फर्वाडेड हाे। ह्वाटस्एपले गत वर्ष मात्र फर्वाडेड फीचर लंञ्च गरेकाे थियाे, यही फीचरकाे परिमार्जित रूपमा यस्ताे सूचना पद्धति थप गरिएकाे हाे ।

  • एजेन्सी

अरू जानकारी – अमेरिकामा फेसबुकलाई साढे पाँच खर्ब जरिबाना गर्ने निर्णय

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *