धर्म शास्त्रानुसार शुक्रबार कुन भगवानकाे पूजा गरे के लाभ मिल्छ ?

Investopaper, कार्तिक २२, २०७६

हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । सुख – शान्ति, समृद्धी र आत्म सन्तुष्टिका लागि जपतप, ध्यान, ब्रत तथा पूजाआजाकाे ठूलाे महत्व छ । आज शुक्रबारको दिन, धार्मिक मान्यता अनुरूप शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

शुक्रवारकाे दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् । भगवानकाे पूजा अर्चनाले चित्त शुद्धी भै सकारात्मक साेचकाे विकास भै कर्ममा लागिरहन प्रेरणा मिल्दछ । दुख-कष्ट दूरहुने विश्वास गरिन्छ ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *