गरिमा विकास बैंककाे साधारण सभा मंसिर २७ गते, बुक क्लोज कहिले?
Investopaper, मंसिर ०५, २०७६
होटल पोखरा ग्राण्ड, पोखरामा गरिमा विकास बैंक लिमिटेडले मंसिर २७ गते तेह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने मिति घाेषणा गरेकाे छ।
सभामा सञ्चालक समितिले निर्णय गरेको १६.१५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ।
यसका साथै साभारण सभामा मर्जर तथा एक्विजिसन सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब पुर्याउने प्रस्ताव पनि पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ। मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्न सक्नेछन्।
बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
