ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर घोराहीमा

इन्भेष्टोपेपर । श्रायण २६, २०७७ 

ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गर्नुभएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टरसञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेकोछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *