अजोड ईन्स्योरेन्सकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न, २ संचालक निर्वाचित

इन्भेष्टोपेपर । बैशाख ८, २०७

अजोड ईन्स्योरेन्स लिमिटेडले बैशाख ७ गते आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस साधारण सभाले विभिन्न प्रतिवेदन पास गर्नुकासाथै समुह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने २ जना संचालकमा पानु दत्त पौडेल र सृजना सुवेदी र्निविरोध निर्वाचित गरेकाे छ ।

संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन र लेखा समितिकाे प्रतिबेदन उपर छलफल गरि सो लाई पारित गरेकाे छ । कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क रु.८८४,३१७,२१८।– (अक्षरेपि अठासी करोड त्रिचालिस लाख सत्र हजार दूई सय अठार मात्र ) संकलन गरि खुद नाफा रु.४५,६३४,६७१।– (अक्षरेपि चार करोड छपन्न लाख चौतिस हजार छ सय एकहत्तर मात्र ) रहेको जनाएकाे छ ।

यसैगरि बीमाकोषमा रु. ६२,३७२,६५२।– (अक्षरेपि छ करोड तेइस लाख बहत्तर हजार छ सय बाउन्न मात्र ) संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।

यस कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *