अनाैठाे ठाउँ, जहाँ हरेक वर्ष ७५ हजार सर्प जम्मा हुँदा जमिन ढाकिन्छ

Investopaper, श्रावण २८, २०७६

विश्वमा हाम्राे साेचभन्दा धेरै अनाैठा ठाउँहरू छन मान्नैपर्छ कि प्रकृति साँच्चिकै आश्चर्यजनक छ । यस्तै एउटा आश्चर्य हेर्न क्यानडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७५ हजार सर्प जम्मा हुन्छन् र सबै जमिन सर्पकाे कार्पेटले छाेपिएकाे हुन्छ।

हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । यसरी बर्सेनि ७५ हजार सर्पहरु उक्त ठाउँमा जम्मा हुनुको खास कारण छ ।

वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा हुने गरेका हुन् ।

त्यहाँ विभिन्न प्रजातिका सर्पहरु रहेका छन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन् । क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् । ७५ हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ ।

उक्त सर्पहरूकाे गेदरिंग वा मेलाकाे भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *