आगामी आर्थिक वर्षमा एक हजार पाँचसय मेगावाट विद्युत् थप हुने

इन्भेष्टोपेपर । असार १२, २०७७

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने बताउनुभएको छ ।

विश्व बैङ्कले आयोजना गरेको ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्र्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत निर्माणाधीन केही आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम भने नरोकिएको र आगामी वर्ष ती आयोजना बनिसक्ने बताउनुभयो ।

महामारीकै बीचमा पनि हामीले मुख्य आर्थिक गतिविधि र जलविद्युत् आयोजनाका काम निरन्तर गरेका छौँ, मन्त्री पुनले भन्नुुुभयो, “आगामी आर्थिक वर्षमा एक हजार पाँच सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।” आगामी सन् २०२८ सम्ममा नेपालको कुल विद्युत् जडित क्षमता १५ हजार मेगावाट पु¥याउने लक्ष्य निर्धारण गरिएको उहाँको भनाइ थियो ।

मन्त्री पुनले नेपालले ‘रन अफ द रिभर’, जलाशय युक्त आयोजना तथा सौर्य ऊर्जा प्रवद्र्धनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको धारणा राख्नुुभयो ।

उहाँले जलविद्युत्मा आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्नका लागि १० वर्षसम्म आयकरमा पूर्ण छुट, अर्को १० वर्ष ५० प्रतिशत छुट तथा मूल्य अभिवृद्धि करमा सहुलियतको नीति लिएको उहाँले बताउनुभयो ।

सहज लगानीका लागि कानुनी व्यवस्थामै सरलीकरण गरिएको चर्चा गर्दै मन्त्री पुनले अन्तर्राष्ट्रिय लगानीकर्ताले एकल वा संयुक्त लगानीको मोडलमा विद्युत् आयोजना निर्माण गर्न सक्ने स्पष्ट गर्नुभयो ।

‘हामीले जलविद्युत्मा अन्तर्राष्ट्रिय लगानीलाई स्वागत गर्न सजिलो र व्यावहारिक नीति लिएका छौँ,” उहाँले भन्नुभयो, “विदेशी कम्पनीले एकल वा संयुक्त रूपमा लगानी गर्न सक्नेछन् ।” नेपालले आफ्ना नीतिमार्फत दिगो र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको भन्दै मन्त्री पुनले ऊर्जा विकासका लागि जलविद्युत् नै उत्तम विकल्प भएको विचार व्यक्त गर्नुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भउकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *