उन्नती लघुवित्तको ४०.६३ प्रतिशत लाभांश प्रस्तावः बाेनस कति ?
Investopaper, असाैज ०२, बिहीबार, २०७६
उन्नती लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाइ ४० दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको असोज १ गते बेलुका ५.३० बजे बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे । कम्पनीले प्रस्ताव गरेकाे लाभांश मध्ये ३८ दशमलव ६० प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. ८ करोड ८२ लाख ७५ हजार रहेको छ । प्रस्तावित वोनस वितरणपछि पुँजी १२ करोड २३ लाख ४९ हजार पुग्नेछ ।

अन्य कम्पनीहरूकाे विवरण हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
