एचआईडिसिएल : आम्दानीकाे ९९% बैंकव्याज, जम्मा ३५ करोड आयोजनाहरुमा लगानी
Investopaper, श्रावण २६, २०७६
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षमा २०७५/०७६ मा कुल आम्दानी १ अरव ७५ कराेड ४६ लाख गरकाे छ । जसमध्ये ९९ प्रतिशत वैंक तथा वित्तीय संस्थाहरूमा राखेकाे टर्म डिपाेजिटकाे व्याजबाट भएकाे छ ।
समिक्षा अवधिमा कम्पनीले आफ्नो खुद नाफा भने ३८.७७ प्रतिशतले वृद्धि गरि १ अर्ब १२ करोड १४ लाख २८ हजार रुपैयाँ पुर्याएकाे छ। अघिल्लो आवमा कम्पनीले ८० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
यस्तै अघिल्लो आवको असार मसान्तमा २१ करोड २२ लाख ५० हजार जलविद्युत आयोजनाहरुमा शेयर लगानी रहेकोमा गत आवमा ३४ करोड ९० लाख ५० हजार पुगेको छ। लगानी गरिएका आयोजनाहरुको लक्ष्य अनुसारको भौतिक प्रगति हुन नसक्दा कम्पनीले स्वीकृत गरेकाे कर्जा प्रवाह गर्न सकेकाे छैन ।
यसैगरि कम्पनीले ८ करोड बण्डमा लगानी गरेको छ भने दुई अर्ब ३३ करोड ७६ लाख रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा प्रवाह गरेको छ । यसैगरि कम्पनीले एक अर्ब ९ करोड ८२ लाख रकम छोटो अवधिमा ब्याज सहित फिर्ता हुनेगरि लगानी गरेको छ।
एचआईडिसीएलले बैंक तथा वित्तीय संस्थाहमा १४ अर्ब ६० करोड आवधिक बचत (टम डिपोजिट) गरेको छ भने ३६ करोड ६९ लाख रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ।
यस कम्पनीकाे कुल आम्दानी र प्रतिशत यस प्रकार छः

अन्य वित्तीय सूचकांकहरू यसप्रकार छनः
- प्रतिशेयर आम्दानी १० रुपैयाँ १९ पैसा
- प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा, र
- मूल्य आम्दानी अनुपात १५.७९ गुणा रहेको छ ।
कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत १ः१ काे हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ। हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।
