पृथ्वी नजिकैबाट गयो आकशीय पिण्ड, भयावह स्थिति टरेकाे बैज्ञानिकहरूकाे भनाइ
Investopaper, श्रावण २७, २०७६
आइफल टावरभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए ।
पृथ्वीमा हुनसक्ने भयावह तत्कालका लागि भने रोकिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि उनीहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न भ्याएका छन् । भिडियो फुटेजमा उक्त पिण्डकाे १.८६० किलोमिटर व्यास भएको जनाइएकाे छ । १० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो।
पृथ्वीदेखि ७० हजार किलाेमिटकाे दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो। यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ (2006 QQ23)रहेको छ। सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।
अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार उक्त पिण्ड पृथ्वमा खस्दा एउटा सहरलाई पुरै ध्वस्त पारिदिन्थ्यो। यसको असरले कम्तीमा १३ लाख मानिसहरुको ज्यान जान सक्ने नासाले उल्लेख गरेको छ।
नासाका निर्देशकसमेत रहेका जिम ब्रिडेन्साटाइनले यस्ता आकशीय पिण्ड पृथ्वीमा खस्न सक्ने खतराहरुको बारेमा यसअघि नै आफूहरुले सचेत गराएको बताएका छन्।
आकशीय पिण्डहरु पृथ्वीमा ठोक्किँदा प्रलय गएको इतिहास छ। ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय गएको थियो। जसका कारण डाइनोसोर जस्ता जीवहरु हराएर गए।
- एजेन्सी
