गम्भीर त्रुटी

– बिजयराज पोखरेल

पर्यटक बस पोखराको लेकसाइडबाट काठमाण्डौका लागि अघि बढ्यो । टुरिस्ट बस भनेर बसको अगाडि नै अंग्रेजी ठूला अक्षरले लेखिए पनि यात्रुहरु अधिकांश नेपाली नै थिए । विदेशी पर्यटकको नाममा जम्मा दूई जाना तेस्रो मूलुकका नागरिकहरु स्पष्ट चिनिन्थिए । बस तोकिएको स्थानमा खाजा र खानाका लागि रोकियो भने एकदुई स्थानमा सौचालयका लागि । एकआध स्थानमा क्षणिक जामको कारण यात्रा केही पट्यारलाग्दो पनि रह्यो । बाँकी अवधिमा बस आफ्नै गतिमा लम्किरह््यो । पर्यटक बस भएर होला अन्य बस जस्तो तँछाड मछाडको प्रतिस्पर्धा थिएन ।

प्रत्येकपटक बस रोकिंदा घुम्ती ब्यापारीहरुले बसलाई घेर्थिए । उनीहरु मम्फली, गेडागुडी, फलफूल, पानी लगायतका अन्य विभिन्न प्रकारका तयारी खाद्यपदार्थहरु विक्रीका लागि झ्यालझ्यालबाट यात्रुहरुलाई आकर्षित गर्न तल्ल्नि रहन्थे । यात्राका क्रममा यस्ता वस्तुहरु यात्रुहरुले पनि खरिद नगर्ने कुरै भएन । बसमा रहेका अधिकांश यात्रुहरुले आँफूले सेवन गरेका तयारी खाद्य तथा पेय पदार्थका प्याकेट, पानीको बोतल र फलफूलका बोक्रा झ्यालबाट फाल्दै गए ।

अर्को गन्तब्यतर्फ जान सुरसार गरिरहेका ति पर्यटकहरुले हुइँकिदै गरेको बसलाई केहीबेर नियालिरहे । अनि सिर निहुर्याए । सहचालकको भाषा नबुझे पनि नेपालको बसाईमा एक गंभिर त्रुटी गरेको महसुस गर्न भने बाध्य भए उनीहरु ।

गन्तब्यतर्फको यात्रा छोटिदै जाँदा बसभित्रै पनि खाद्यपदार्थजन्य फोहरहरु असरल्ल देखिन्थिए । यात्रामा रहेका पर्यटकहरुले आँफूले सेवन गरेका खानेकुराका कुनै पनि फोहरहरु झ्यालबाट फ्यालेनन । आँफैसंग राखेको एक पोलिथिनमा जम्मा गर्दैजान्थे ।

काठमाण्डौ उपत्यका छिरेपछि बस कलंकीबाट बाँयातर्फ मोडियो । बस बालाजु आइपुग्दासम्म यात्रुहरुको संख्या धेरै पातलिइसकेको थियो । पर्यटक बस भएर होला बालाजुबाट सोह्रखुट्टेतिर उक्लियो । ठमेल आइपुग्न लाग्दा सहचालकले अगिल्लो द्वारनिरै बसेका पर्यटकहरुलाई इसारा गर्दै,“ठमेल” भनेर कराए र ढोका खोल्दै ढ्याप्प बसको भित्तामा हाने । बस टक्क रोकियो । ती पर्यटकहरुका लागि बस कहाँ रोक्ने भन्ने सम्बन्धमा चालक र सहचालकलाई पूर्व जानकारी रहेको स्पष्टै बुझियो ।

यात्राको अन्तिम गन्तब्यमा आइपुगेका बसमा भएका पाहुनाहरुले आँफूसंग भएको फोहोरको पोको बाँधेर बस मुनिको सिटमै छाडे । ती यात्रुहरु ब्याग लिएर ओर्लिन्जेलसम्म सहचालकले उनीहरुको बाँकी सामान डिकीबाट निकाल्न भ्याइसकेका थिए । बसको भित्तामा दुई पटक ढ्याप्प ढ्याप्प गर्दै, “ल जाँउ गुरुजी” भनेका मात्र के थिए, सहचालकलको नजर पाहुनाले छाडेको फोहोरको पोकोमा प¥यो । “एकछिन है” भन्दै बसमा ढ्याप्प पारे । गुरुजीले “के भयो ?” भन्दै गति लिइसकेको बसमा झ्याप्प ब्रेक लगाए ।

तेरिमा खैरेहरु ! फोहर त बाहिर फाल्नु पर्छ नि ! बसभित्रै छाडेर मुन्टिए !”– भरखरै ओर्लिएका दूई पाहुनाहरुका अगाडि नै फोहरको पोको फाल्दै सहचालक रिसले फतफताए । उनीहरु भने ट्वाल्ल पर्दै एक आपसमा एक छिन हेराहेर गरिरहे ।

सहचालकले ती पाहुनहरुउपर कर्के नजर लगाउँदै फेरी बसमा ढ्याप्प ढ्याप्प पारे । बस लैनचौरबाट लाजिम्पाटतिर मोडियो । अर्को गन्तब्यतर्फ जान सुरसार गरिरहेका ति पर्यटकहरुले हुइँकिदै गरेको बसलाई केहीबेर नियालिरहे । अनि सिर निहुर्याए । सहचालकको भाषा नबुझे पनि नेपालको बसाईमा एक गंभिर त्रुटी गरेको महसुस गर्न भने बाध्य भए उनीहरु ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *