गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

माघ १४, २०७६ | Investopaper

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिनु भएको हाे ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा सुरक्षाकर्मीसंग ठाकठुक परेकाे थियाे भने राउतले फेसबुक लाइभ गर्दै हाेच्याउने शव्दहरू प्रयाेग गर्नुभएकाे थियाे । चेकजाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिनुभएपछि उहाँ बिरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।

आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित हुनुभएको थियो । सोमबारै आस्थालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियाे । सामान्य केशमा ठूलाे बबण्डर भन्दै चारैतिरबाट विराेध भएपछि मंगलबार चार हजार रुपियाँ धरौटीमा रिहा गर्ने अनुमती दिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *