ज्योति बिकास बैंकको नयाँ शाखा सिनामंगलमा

ज्योति विकास बैंकले भदौ २३ गते सोमबार​को दिन काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ​। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ​। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित​ छ​।

काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित​ ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण​, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण​, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्रीले बैंकको नयाँ शाखाले विमानस्थल प्राङ्गण भित्रै पनि बैंकिङ्ग सेवा पुगेको कारण आम जनतालाई अझ सहज भएको बताउनु भयो।  साथै, बैंकलाई हरेक ढंगले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभयो।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गर्नुभयो।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गर्नुभएको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *