त्रिवि उपकूलपतिमा डा. भगवान कोइरालासहित ३ जनाको नाम सिफारिस

Investopaper, असाैज १७, २०७६

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकाे संयाेजकत्वमा गठित समितिले डा. भगवान कोइराला, डा. धर्मकान्त बाँस्कोटा, र चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरिएको हाे।

सिफारिस गरिएको नाम हिजो नै त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार बुझाइसकेको पाेखरेलले जानकारी दिए। डा. कोइराला मुटु शल्यचिकित्सक हुन् भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन्। चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन ।

कूलपतिले सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन गर्नेछन्।

तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकूलपति पद खाली छ। हाल २ महिनादेखि सुधा त्रिपाठीले त्रिविको उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन्। सिफारिस गरिएका नाम निकै अघिदेखि चर्चामा रहेका नाम हुन्।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *