नेकपाका अध्यक्ष दाहाल डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन

 इन्भेष्टोपेपर ।  फागुन ११, २०७६ 

धनुषा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गर्नुभएको छ । मिथिलाविहारी मन्दिर पुग्नुभएका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गर्नुभएको थियो ।

उहाँले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गर्नुभएको छ । परिक्रमाको आज उद्घाटन गर्नुहुँदै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “यहाँ धर्मशालाका बनाउनुपर्ने ठूलो आवश्यकता रहेको छ । यस कारण यहाँ धर्मशाला बनाउन पार्टीका तर्फबाट र मेरोतर्फबाट तपाईंहरुलाई पूर्ण सहयोग रहन्छ, मेरातर्फबाट हुने हरेक किसिमको सहयोग गर्न तयार छु । धर्मशाला निर्माणमा कुनै कमी रहन दिन्न ।”

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतका लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदानप्रदानमा ठूलो योगदान पुर्याइरहेको बताउनुभयो । आफू पहिलोपटक प्रधानमन्त्री रहेका बेला पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उहाँले मिथिलाविहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *