नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र प्रसाद पौडेल
Investopaper, Jan 08, 2019
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र प्रसाद पौडेललाई नियुक्त हुनु भएकाे छ । मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यस अघि वहां उदयपुर सिमेन्ट उद्योगमा महाप्रवन्धक हुनुहुन्थ्याे ।
उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले गत शुक्रबार इच्छुक पाँच जनामध्येबाट तीन जनाको नाम उद्योगमन्त्री मातृका यादबलाई सिफारिस गरेको थियो। सिफारीसमा परेका सुरेन्द्र प्रसाद पौडेल, तारानाथ पौडेल र अनिलकुमार झा मध्ये सुरेन्द्र प्रसाद पौडेललाई सरकारले कार्यकारी निर्देशक तोकेको हो ।
पेशाले चार्टर्ड एकाउन्टेन्ट पाैडेल उदयपुर सिमेन्ट उद्योगमा महाप्रवन्धक भएर गएपछि लथालिंग अवस्थामा रहेकाे उदयोगलाईनै सुधार गर्न सफल भएका थिए। अझ अन्तिम अवस्थातिर त क्षमता भ्न्दा बढी सिमेन्ट उत्पादन गरी क्म्पनीकाे प्रगतिमा कायापलट नै गरिदिएका थिए । दैनिक ८०० टन क्षमताकाे प्लान्टबाट ममर्त सम्भार र सुधार गरी ९२४ टन सम्म उत्पादन गरी सफल व्यवस्थापककाे नमूना प्रस्तुत गनर् सफल भएका थिए ।
नेपाल अायल निगमका तात्कालिन कार्यकारी निर्देशक गाेपाल वहादुर खड्काले जगगा खरीदमा ठूलो अनियमितता गरेकाे र श्राेत नखुलेकाे १८ कराेड सम्पत्ति कमाएकाे भन्दै अख्तियारले मुद्दा दर्ता गरेकाे अवस्था छ । पूर्वाधारको काम अघि बढाइ तेलकाे भण्डारण क्षमतम वृद्धी, तेलकाे चाेरी राेक्न प्रभावकारी कदम, प्राविधिक लस कम गरी उपभाेक्तालाइ सुलभ र सस्ताेमा र्इन्धन उपलव्ध गराउनु प्रमुख चुनाैति रहेका छन ।
त्यसैगरी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनको कार्टेलिङ तथा निगम कर्मचारी र व्यवसायीबीचको मिलिभगत समाधान गर्दै, कम गर्दै शून्यमा झार्न सके पौडेल अवश्य उदयपुर सिमेन्टमा झै सफल व्यवस्थापक वन्नेछन ।