पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

इन्भेष्टोपेपर । चैत्र १६, २०७७

पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो भने अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नकालागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबर्धन गर्न मद्दत पुर्याउने संस्था हो ।

बृद्धबृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले यी दुई संस्था बीचमा मिति २०७७/१२/०८ मा एक सम्झौता भएको छ । साझेदारीको मुख्य उद्घेश्य भनेको युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्याउनु हो ।

यसको प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ । यसको प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

यसको विस्तृत जानकारी तथा सहयोगी बन्नको लागी सुन्न र सबस्क्रयाब गर्नका लागि अजिस पोडकास्ट एप डाउनलोड गर्नुहोस वा युट्युब, एप्पल पोडकास्ट, स्पोटीफाई, गुगल पोडकास्ट, ट्युनईन, तथा स्टिट्चरहरुमा उपलब्ध भई रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *