प्राइम कमर्शियल बैंकको सिइओमा पुनः मानन्धर
Investopaper, श्रावण १९, २०७६
प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नारायणदास मानन्धरलाई पुन निरन्तरता दिएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिले मानन्धरलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो ।
यस बैंकको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका मानन्धर बैंकमा विगत १२ वर्षदेखि प्रमुख कार्यकारी पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने गरेको व्यवस्था पछि भने उनको यो दोस्रो कार्यकाल भएको बैंकले जनाएको छ ।
आगामी दिनहरूमा पनि मर्जरकाे रणनीतिलाइ यथावत कायम राखि बलियाे पूंजी भएकाे बैंक बनाउने बताए । यसका साथै बिगत दिनहरूमा भन्दा लगानीकर्तालाइ राम्राे प्रतिफल दिन सधै प्रतिबद्ध रहने जानकारी गराए ।
कृषि विकास बैंक स्थापनादेखि नै सो बैंकमा आवद्ध मानन्धर पछि क्रमशः राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकमा आवद्ध भएका हुन् । उनले २०६० को दशकमा स्थापना भएका बैंकहरु मध्ये राम्रो बैंकको रुपमा प्राइम बैंकलाई स्थापित गराएका छन् ।