ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप-निर्बाचन लड्ने

इन्भेष्टोपेपर । जेष्ठ ८, २०७

कलकत्ता । हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने हुनुभएको छ ।

पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उहाँले मुख्यमन्त्रीको रूपमा सपथ लिइसक्नुभएको छ तर उहाँ मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ ।

मुख्यमन्त्रीले उप–निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उहाँले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो । यस वर्षको निर्वाचनमा उहाँले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति हुनुभएको थियो ।

पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उहाँलाई त्रिणमुल काङ्ग्रेसले मुख्यमन्त्री बनाएको हो ।

त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिनुभएको थियो । पार्टीका सबै नेताहरूले छलफल गरी उहाँलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाब आएपछि मैले सोचें कि मुख्यमन्त्रीका लागि मेरो सीट खाली गर्नुपर्नेछ ।

त्यहाँ कुनै दबाब छैन ।सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो । मैले उहाँसँग कुरा गरें । यो उहाँको नै सीट थियो । मैले यसलाई सुरक्षित मात्रै गरेको हो ।” चटर्जीले राजिनामापछि सञ्चारमाध्यमसँग बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *