कुमारीपाटीमा कामना सेवाकोे १००औं शाखा; स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ

कार्तिक ८, २०७६ । Investopaper

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा आज कार्तिक ०८ गते आफ्नो १००औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष श्री सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिव राज ?श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको समुद्घाटन गर्नु भएको थियो । १०० औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो।

प्रमुख अतिथि शिवराज श्रेष्ठले शुभकामना मन्तव्य दिनु हुदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिनु भयो ।

स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ

यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आजै देखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो ।
बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिम प्रसाद तुलाचन शुभकामना मन्तव्य व्यक्त गनु भएको थियो भने कार्यक्र सञ्चालन बैंकका कानून विभाग प्रमुख डिपी भट्टराईले गर्नु भएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै १०० वटा शाखा तथा ४९ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *