तिहारमा लक्ष्मीमातालाई खुशी पार्न कुनकुन चीज चढाउनुपर्छ ?

Investopaper, कार्तिक ०९, २०७६

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार यस पालीकाे लक्ष्मी पूजा १० गते आइतबार परेको छ। यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्न सक्छ। लक्ष्मी पूजाकाे शुभ साइत आइतवार साँझ ७ बजेर १५ मिनेटकाे समयमा रहेकाे समितिले जनाएकाे छ ।

धनधान्यकी देवी मानिने लक्ष्मी माताकाे पूजा अर्चना गर्दा श्रीसूक्तकाे पूर्णपाठ गर्नुपर्दछ । माताकाे प्रिय बस्तुहरू जस्तै लाजा, मिठाइ, राताे सारी, राताे चुनरी, राताे कपडा कम्तिमा २ टुक्रा, श्रृँगारका सामान, कुमकुम, सुपारी, पान, सयपत्री फूल सहित अन्य फूलहरूकाे जाेहाे गर्नु पर्दछ ।

यसका साथै धूपवत्ती, दूबाे, नरिवल बयर अनार जस्ता फलफूल, तामाकाे दियाे ३ थान तथा माटाकाे दियाे १२ थान प्रज्वलन गर्नु पर्दछ । काँचाे बेसार, बेलपत्र, उन, कमलकाे दाना (कमलगट्टा), काैडा, शंख सकेसम्म अर्पण गर्नुपर्दछ ।

अन्य दीयाे, कलश जस्ता पूजासामाग्री र विधि विधान अपनाउनु पर्दछ । पूजागर्दा पूर्व वा उत्तर फर्केर गर्नु पर्दछ । अब लक्ष्मी पूजाको दिन कुन-कुन चीज बिशेष रूपमा चढाउनु पर्छ भन्ने कुरा जानीराखाै ।

१. लक्ष्मी पूजाको दिन बिहान चाँडै उठ्नुहोस् । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फूल चढाउनुहोस्।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपूजा गर्ने क्रममा चढाउनुहोस्।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पूजा गर्दा नौ गोमती चक्र राख्नुहोस । पूजा सकिए पछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

५. यस रात पाँच साबुत सुपाडी, कालो बेसार पाँच पहेलो कौडी पनि राख्नुहोस् । पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *