शेयर डिम्याट गर्नु भएको छ कि छैन? यदि छैन भने कुन कम्पनी को शेयर रजिस्ट्रार कहाँ छ जान्नुहोस्।
आफ्नो शेयर प्रमाणपत्रलाई ईलेक्ट्रोनिक खातामा लाने प्रक्रियालाई डि-म्याट वा शेयर अभौतिकरण भनिन्छ। साधारण भाषामा बुझ्दा बैंकमा लगेर पैसा जम्मा गरे जस्तै शेयर प्रमाणपत्र लगेर शेयर खातामा जम्मा गर्नु भनेकै डि-म्याट गर्नु हो।
शेयर कारोबार गर्नलाई डि-म्याट खाता अनिवार्य भइसकेको छ। पुरानो शेयर डि-म्याट नगराए सम्म तपाईको बोनस र हकप्रद शेयर पनि खातामा आउदैन। अहिले पहिले जस्तो बोनस र हकप्रद शेयरको प्रमाणपत्र पनि छापिन्न। डि-म्याट खाता खोल्दा आफ्नो बैंक खाताको विवरण दिनु पनि अनिवार्य भइसकेको छ। पहिला जस्तो नगद लाभांश लिन पनि अहिले धाई रहनु पर्दैन किनभने त्यो सिधै तपाईको डि-म्याट खाता खोल्दा उल्लेखित बैंक खातामा आउँछ।
तपाई संग भएको शेयर प्रमाणपत्रले अब किनबेच नहुने हुदा डि-म्याट गर्न अनिवार्य छ। डि-म्याट गर्न कहाँ जाने भनेर अलमलिरहनु भएको छ भने तल हेर्नुहोस् कुन कम्पनीको शेयर कहाँ गएर अभौतिकरण गर्ने।
कुन बैंकको सेयर रजिस्ट्रार कहाँ छ जान्नलाई यहाँ क्लिक गर्नुहोस्।