१ अर्ब २० करोडको “एनआईबिएल समृद्धि फण्ड – २” काे आजदेखि बिक्री खुला

इन्भेष्टोपेपर । बैशाख १३, २०७

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौँथो योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड – २” नामको बन्दमुखी योजना आजदेखि बिक्री खुला गरेकाे छ ।

यस योजनाको आकार रु. १ अर्ब २० करोड (एक अर्ब बिस करोड रुपैँया) र यस योजना १० बर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरीनेछ ।

साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न पनि सकिने छ ।

यस योजना मिति २०७८/०१/१३ देखि छिटोमा २०७८/०१/१६ र ढिलोमा २०७८/०१/२७ गते सम्म इकाई बिक्री खुला गरेकाे छ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १२ करोड सम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् र विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेण्ट बैँक लि. तोकिएको शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लि.को लाजिम्पाट, काठमाण्डौँ स्थित प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *