४० वर्षपछि इरानका महिलाहरुले स्टेडियममै बसेर फुटबल हेरे

Investopaper, असाैज २४, २०७६

इरानका महिलाहरुले ४० वर्षपछि स्टेडियममै बसेर फुटबल प्रतियोगिता हेरेका छन् । बिहीबार राति भएको इरान र कम्बोडियाबीचको खेल हेर्न ३ हजार ५ सय इरानी महिलाहरु स्टेडियम पुगका थिए ।

फिफा विश्वकपको छनोट खेल अन्तर्गत बिहीबार राति भएको खेलमा इरानले कम्बोडियामाथि १४–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । महिलाहरुले स्टेडियममै गएर फुटबल हेरेपछि त्यहाँ ४० वर्षदेखि महिलामाथि लाग्दै आएको प्रतिबन्ध पनि हटेको छ । १९७९ मा इस्लामिक विद्रोह पछि महिलाहरुलाई स्टेडियममा गएर म्याच हेर्न प्रतिबन्ध लागेको थियो ।

इरानको कानुन अनुसार यसअघि कोही महिला स्टेडियममा गएको प्रमाणित भएमा ६ महिनाको जेल सजायको व्यवस्था थियो । पछिल्लो महिना एक महिला फुटबल समर्थक केटाको भेषमा स्टेडियम गएपछि पक्राउ परेकी थिइन् । त्यसपछि उनलाई ६ महिना जेलको सजाय सुनाइएको थियो । तर ती महिला समर्थकले डरले आफूलाई जलाएर मारेकी थिइन् ।

त्यसपछि इरानमाथि झनै अन्तर्राष्ट्रिय दबाब थपियो र फिफाले पनि महिलालाई स्टेडियम जान लगाएको प्रतिबन्धको विरोध गरेपछि इरानले नयाँ व्यवस्था गरेको हो ।

— रासस/एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *