इरानले सैन्य अखडामा हमला गरेपछि ट्रम्पले भने-‘अल इज वेल’
Investopaper, पौष २४, २०७६-
अमेरिकाले गत हप्ता एकजना वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारेको थिए। वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको मृत्यु पछि मध्यपूर्वमा तनाव चुलिरेको बेला इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा स्थानीय समयअनसार बुधबार रकेट प्रहार गरेको छ। अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले इरानले अमेरिकी सैन्य अखडामा दर्जन बढी रकेट प्रहार गरेको जनाएका छन्।

ट्रम्पले अमेरिकी सेनाले (इराक) देश नछोड्ने भन्दै गर्दा इरानले प्रतिशोध जवाफ दिएको छ। त्यसलगतै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीकै छ(अल इज वेल)। उनि भन्छन्-इराकमा रहेका दुई सैन्य अखडामा इरानले मिसाइल प्रहार गरेको छ र आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ यस बारेमा म भोलि बिहान वक्तव्य जारी गर्ने जनाएका छन्। ट्रम्पले अन्तमा भने हामी संग सक्तिशालि हतियार छ र हामी नै विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र हौँ।
अमेरिकी सेनालाई देश निकाला गरिए इराकविरुद्ध कडा प्रतिबन्धः डोनल्ड ट्रम्प
घटना लगतै इरानी विदेश मन्त्री जावेद जरिफले आफूहरुले अमेरिकासँग युद्ध नचाहेको बताएका छन्। उनले आत्मरक्षाका लागि इराकमा रहेका अमेरिकी सैन्य अखडामा हमला गरेको बताए। इरानी विदेश मन्त्रीले भने आफूहरुले युद्ध नचाहेको र कसैले आक्रमण गर्न आएमा आफू चप नबस्ने र त्यसको कडा प्रतिक्रिया दिने उनले बताए।
यसैबीच अमेरिकी रक्षा सचिव मार्क एस्परले भने अमेरिका र अमेरिकी नागरिकमाथि षड्यन्त्र गरेकाले वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीमाथि कारबाही गरिएको उनले दोहोर्याएका छन् र आफूहरुले इरानसँग युद्ध नचाहेको बताएका छन्।
इराकले देश छोड्न भने लगतै अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाइ
गल्फ क्षेत्रमा नोटिस जारी
अमेरिकाको संघीय उड्डयन प्रशासनले सबै गैरसैन्य विमानहरुलाई नोटाम (नोटिस टु एयरमेन)जारी गरेको छ। मध्यपूर्वमा तनाव बढेकोलट अर्को सूचना जारी नहुदाँ सम्म खाडी क्षेत्रका इरान इराक ओमानको खाडी र पर्सियन खाडीको आकाश भएर उड्ने सबै गैरसैन्य विमानहरुलाई निषेध गरिएको छ।
