कोटेश्वर–कलङ्की खण्डमा नयाँ ट्राफिक नियम

इन्भेष्टोपेपर । फागुन २८, २०७६ 

चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा सवारीसाधनका लागि नयाँ नियम कार्यान्वयनमा ल्याइने भएको छ । आउँदो आइतबारदेखि कोटेश्वर–कलङ्की सडकखण्डमा दायाँ–बायाँ लेन लागू हुने भएको छ ।

सार्वजनिक तथा कम गतिमा गुड्ने मालवाहक गाडीलाई सडकको बाँया तथा निजी र साना गाडी तथा मोटरसाइकललाई सडकको दायाँ लेनमा गुड्ने गरी व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एएसपी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

दुर्घटना कम गर्नको लागि लेनकाे नयाँ  नियम लागू गर्न लागिएको उहाँको भनाइ छ । कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा महिनामा ८० भन्दा धेरै गाडी दुर्घटना हुने गरेको ट्रफिक प्रहरीको तथ्याङ्क छ ।

सवारीसाधनले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीका कारण चक्रपथको सो खण्डमा दुर्घटनाको जोखिम बढेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

महाशाखाले कोटेश्वर–कलङ्की सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।

महाशाखाले यसअघि भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म दायाँ–बायाँ लेन नियम लागू गरिसकेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *