नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक विच सम्झौता

इन्भेष्टोपेपर । फागुन २८, २०७६ 

टेस्ला डाईगोनोस्टिक र नबिल बैंक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख – कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौता संगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ ।

नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरूसंगै अघि बढ्ने विश्वास राखेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *