मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, व्यापार घाटा घट्याे
इन्भेष्टोपेपर । फागुन २०, २०७६
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले साेमबार मौद्रिक नीति सार्वजनिक गरेकाे हाे ।
नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेकाे माैद्रिक नीतिमा व्यापार घाटामा ६.१ प्रतिशतले कमि आएकाे छ । समिक्षा अवधिमा निर्यात २६.१ प्रतिशतले बृद्धी भएकाे छ भने आयात ४ प्रतिशतले घटेकाे जनाइएकाे छ ।
माैद्रिक नीतिकाे अर्धबार्षिक समीक्षामा बैंक खुल्ला बजार काराेवार तथा ब्याजदर काेरिडाेरलाइ प्रभावकारी बनाउँदै तरलता व्यवस्थापन मार्फत व्याजदरलाइ स्थायित्व राखि राख्ने उल्लेख छ ।
यसैगरी नेपाली नागरिक, पर्म तथा संस्थाले व्यवसाय संचालन/विस्तार गर्न राष्ट्र बैंककाे पूर्व स्वीकृति लिएर भारतबाट भारू १० कराेडसम्म तथा अन्य मुलुकबाट यूएस डलर १० लाख सम्म ऋण तथा सापटी लिन पाउने व्यवस्था गरेकाे छ । यस्ताे सापटी वा ऋणकाे अवधि ३ बर्षकाे हुनेछ ।
माैद्रिक नीतिमा आफैले प्रयाेग गर्नका लागि बनाइने घरकाे लागि ऋण भुक्तानी आम्दानी अनुपात ६० प्रतिशत कायम गरिएकाे छ । यसैगरी ५० लाखदेखि २ कराेडसम्मकाे कृषि, पर्यटन तथा मझाैला व्यवसायका लागि लिइने कर्जा करचुक्ता प्रमाणपत्रकाे आधारमा नभइ दाखिलाकाे आधारमा लिन सकिने ब्यवस्था गरेकाे छ ।
मौद्रिक नीतिकाे अर्धवार्षिक समिक्षाकाेे पूर्ण पाठकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
