ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग​

Investopaper,माघ २२, २०७६

ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ​।  तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “जीरि आई स्टडि” को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत रु १० लाख बराबरको आर्थिक सहयोग गरेको छ​।  

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिओओ यम बहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो। २०१४ बाट शुरुवात भ​एको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ​।

समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ​ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।  हालसम्म बैंकले २ लाख ६० हजारभन्दा बढि खाताबाट रु. ३४ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु.२८  अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *