पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

फाल्गुण ०५, २०७६ | Investopaper

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलकाे मूल्य समायोजन गरेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेलकाे मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेल तथा मट्टीतेलकाे मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *