लुम्बिनी चिनी उद्योग पुनः संचालनको तयारीमा

इन्भेष्टाेपेपर । पुष ०८, २०७७ 

नवलपरासी ।  पछिल्लो दुई वर्षदेखी बन्द अवश्थामा रहेको पश्चिम नवलपरासी सुनवल स्थित लुम्बिनी चिनी उद्योग पुनः संचालनको तयारीमा रहेको छ ।

उद्योगपति मनिष अग्रवालको नामा रहेको यो उद्योग मनिष अग्रवालको मृत्यु भए पछि पछिल्लो दुई वर्ष देखी बन्द अवश्थामा रहेको थियो । दुई वर्ष देखी बन्द अवश्थामा रहेको सुनवल १ स्थित लुम्बिनी चिनी उद्योग नयाँ ब्यावस्थापन सहित पुनः संचालनको तयारीमा लागेको लुम्बिनी चिनी उद्योग प्रबन्ध निर्देशक विजय गुप्ताले बताउनु भएको छ ।

उद्योग पुनः संचालनका लागि मंसीरको दोस्रो हप्ता देखी उद्योग परिषरको सरसफाई, आवश्यक पुराना, नयाँ कर्मचारीको नियुक्ती, उखु किसानहरुको बाँकी रहेको रकमको भुगतानी, उद्योग परिषरमा रहेका विभिन्न क्षेत्रका मशिनको मर्मत एवं स्थानिय जनप्रतिनिधीहरुसंगको समन्वयन लगाएतका कामहरु भई रहेको उद्योगका प्रबन्ध निर्देशक गुप्ताले बताउनु भयो ।

लुम्बिनी चिनी उद्योगले उखु किसानहरुको ८ करोड रुपियाँ भुगतानी गर्न बाँकी रहेको छ जस कारण उखु किसानहरु अहिले आन्दोलनका लागि काठमाण्डौ पुगेका छन । उद्योगको मशिनरी मर्मत एवं कर्मचारीको ब्यावस्थापन गरि यही पुस २५ गते देखी चिनी उद्योग संचालनको तयारीमा रहेको उद्योग ब्यवस्थापनले बताएको छ ।

उद्योग संचालनका लागि भन्दै उद्योगले तिर्नु पर्ने विद्युतको २० लाख मध्य पहिलो चरणमा १० लाख भुगतानी गरिएको बताईएको छ । उद्योग संचालनमा केही ढिला भए पनि सिजनको बाँकी ३ महिनामा करिब ५ लाख क्युन्टल उखु क्रसिंग गर्ने योजना रहेको उद्योगका प्रबन्ध निर्देशक गुप्ताले बताउनु भएको छ ।

उद्योगपति मनिष अग्रवालको मृत्यु पछि अहिले यो उद्योग वहाँ कै दाई मनोज कुमार अग्रवालको भागमा परे पछि उद्योग संचालन गर्न लागिएको बताईएको छ ।

चीन सरकारको आर्थिक सहयोगमा २०४६ सालमा निर्माण सम्पन्न गरी चिनी उत्पादन शुरु गरेको लुम्बिनी चिनी उद्योग निजीकरण भए पछि जिर्ण अवश्थामा पुगेको छ । नेपाल सरकारको १० करोड र चीन सरकारको ३० करोड गरि जम्मा ४० करोड रुपैयाँको लागतमा स्थापना भएको लुम्बिनी चिनी उद्योग ८६ बिघा क्षेत्रफलमा फैलिएको देश कै ठुलो चिनी उद्योग हो । प्रत्येक वर्षको एक सिजनमा १२ लाख क्वीन्टल उखु क्रसिङ्ग गर्ने क्षमता भएको यस लुम्बिनी उद्योगमा उद्योग संचालनको शुरुको समयमा ४ सय भन्दा बढि कर्मचारीले रोजगारी पाएका थिए ।

उक्त चिनी उद्योग १७ वर्षसम्म नेपाल सरकारको स्वामित्वमा निरन्तर सञ्चालनमा रहेको थियो भने संकटकाल लागेको समयमा २०६२ सालमा नेपाल सरकारले मनिष कुमार अग्रवाललाई उक्त मिल जम्मा ७ करोड रुपैयाँमा बेचेको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *