गणपति माइक्रोफाइनान्सको लाभांश पारित, मर्जर/एक्वीजिसनमा जान अख्तियारी

गणपति माइक्रोफाइनान्सको पुस ४ गते जंगल पार्क रिसोर्ट तनहुँमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नुका साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

सभाले पारित गरेकाे लाभांश मध्ये ७ प्रतिशत बाेनस शेयर तथा कर प्रयोजनको लागि ०.३६८ नगद लाभांश रहेकाे छ । यसका साथै बोनस पश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्काशन गर्ने समेत निर्णय गरेको छ।

साधारणसभाले युवराज भण्डारीको नेतृत्वमा नयाँ सञ्चालक समितिको चयन गरेको छ। सभाले संस्थापक शेयरधनीको तर्फबाट भण्डारीलाई अध्यक्ष चयन गरेको छ भने दिनेश लाल श्रेष्ठ, इन्द्र बहादुर अधिकारी, सजाल मास्के र प्रकास खरेललाई सदस्यमा चयन गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *