लामाे करेक्सनपछि नेप्सेमा आयाे उछाल, ११४.७० अंक बढेर नेप्से २६०० विन्दुमाथि

न्भेष्टाेपेपर । असाेज १५, २०८१

काठमाण्डाैँ । लामाे करेक्सनपछि नेप्सेमा तेहेराे अंककाे बृद्धी भएकाे छ । आज ११४.७० अंक बढेर नेप्से २६०० विन्दुमाथि पुगेकाे हाे ।

यस दिन नेप्से परिसूचक ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १९.४६ अंक बढेको छ भने फ्लोट यण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन (सोमवार) रू. ३ अर्ब ७१ करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब ६१ करोडभन्दा बढीको कारोबार भएको हो । 

आज वित्त समूहका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण परेको छ । यस समूहको सूचक सबैभन्दा बढी ९ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । यस समूहको अधिकांश कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएसँगै समूहगत सूचक बढेको हो । 

यस दिन २३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। यस दिन मूल्य घटेका स्टकहरुमो गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *