सतीदेवीको अन्तिम अंग पतन भएको छायाँनाथ

इन्भेष्टाेपेपर । फागुन १७, २०७९

काठमाडौं । महादेवकी पत्नी सतिदेवीको मृत्यु भईसकेपछि शरीर कुहाउन विष्णु शक्तिले झिंगा उत्पादन गरी मृत शरिर गलेर अन्तिम अंग छायाँनाथमा पतन भएको किंवदन्तीमा पढ्न पाइन्छ ।

त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रुपमा पुज्न गरिएको छ । कर्णाली नदीको उद्गमस्थल मुगु जिल्लाको करान भेगमा अवस्थित छायाँनाथ धाम धार्मिक इतिहासको धरोहर मानिन्छ ।

धार्मिक मान्यता अनुसार महत्वपूर्ण धामहरु केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ, पशुपतिनाथमध्ये छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ । स्थानिय तथा मन्दिरका पुजारीका अनुसार छायाँनाथ मन्दिरलाई बद्रीनाथ र केदारनाथ जस्तै एक पवित्र धाम अथवा शक्तिपीठ हो ।

बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ । छायाँनाथ धाम मुगु जिल्लाको रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहको छ ।

नेपालकै सबैभन्दा ठुलो ताल यसै नगरपालिकामा रहेकोले छायाँनाथ मन्दिर र रारा तालको नामबाट नेपालमा नयाँ संघीय संरचना लागु हुँदा २०७३ सालमा यस नगरपालिकाको नाम छायाँनाथ रारा नगरपालिका नामाकरण गरिएको हो ।

समुद्री सतहदेखि करिब ४५०० मिटर उचाइको हिमरेखामा रहेको छायाँनाथ मन्दिरभन्दा माथि शिव, पार्वती र विष्णुको मूर्ति अंकित गुफा छन् । यसको अवलोकन पनि आगन्तुकका लागि आकर्षक मानिन्छ । विश्वको तीनवटा शक्ति पीठमध्ये भारतको बद्रीनाथ र केदारनाथ र नेपालको छायाँनाथ पर्ने भनाइ छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसंगै छायाँनाथ धाम तिर्थ यात्रा शुरु भएको मानिन्छ । जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गर्छ ।

उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् । मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गर्द आउने गर्दछन् ।

छायाँनाथ मन्दिर भन्दा माथि शिव, पार्वती, विष्णुका मुर्तिहरू अंकित गुफाहरू रहेका छन् । अनकन्टारको पखेरामा र हिमालको बिच फेदीका ढुङ्गाबाट बनेका सामान्य मन्दिर कुनै सजीसजावट भने छैन । राज्यको नजरमा नपरेपनि ढुङ्गाकै मन्दिर भएपनि धार्मिक हिसावले कर्णाली प्रदेशका जनताको आस्था र बिश्वासको केन्द्र बिन्दु बनेको छ ।

हरेक वर्ष उक्त स्थानमा साउन शुक्लपक्ष तिथिदेखि जनैपूर्णिमाा दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ । मेला भर्नका लागि हजारौं तिर्थालुहरु कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट र सुर्खेत लगायत बाजुरा समेतबाट बिभिन्न देवताका धामी पुजारी लगायत बिभिन्न किसिमका बर माग्नको लागि, पाप कटाउनका लागि, आप्ना दिबंगत पितृहरुलाई पिण्ड दिन र ब्रतबन्ध गर्नका साथै महादेवको दर्शन गर्न आउने गर्दछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सत्य युगमा भगवान महाँदेबले सतिदेवीको मृत शरिर पिठमा बोकेर हिड्दै, भौतारिदै जाँदा अन्त्यमा सतिदेवीको मृत शरिर गलेर जहाँ जहाँ सतिदेवीका अङ्गहरू पतन भए त्यहाँ त्यहाँ शक्तिपीठहरू बन्दै गएको कथा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ । यसरी सतिको मृत देह गलेर पतन हुने क्रममा छाँया क्षेत्र नामक स्थानमा बाँकिका सबै अङ्गहरू पतन भए भन्ने कुरा पनि सोही स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छायाँ क्षेत्र यही छायाँनाथ मन्दिर रहेको स्थान हो भन्ने भनाई रहेको छ ।

प्रत्येक वर्ष बडादसैंको घटस्थापनाका दिन शान्तिको कामना गर्दै ३० मिटर लामो काठको ज्योतिलिङ्गो उभ्याइने गरेको छ । लिङ्गो नराख्दा अनिष्ट र अशान्ति पैदा हुने भएकाले अनिवार्य लिङ्गो राख्नैपर्ने मान्यता रहेको छ । देशमा राम्रो र नराम्रो घटनाको संकेत समेत यहाँ थाहा हुने बताइन्छ ।

एक पटक छायाँनाथ पुगेका व्यक्तिले तीन पटक र्पुयाउनुपर्ने र त्यसो गर्दा ठूलो वरदान मिल्ने विश्वास गरिएको छ । भौगोलिक कठिनाइ भएपनि छायाँनाथको शक्तिले अप्ठेरो महसुस नहुने तीर्थालुको भनाइ छ । उक्त मन्दिरको दर्शन गर्न सके जिवनमा कहिले पनि अनिष्ट नहुने मनले सोचेको र चाहेको कुरा पुग्ने धार्मिक बिश्वास रही आएको छ ।

पर्यटन प्रवर्द्धन

छायाँनाथ धाममा कर्णाली पर्यटन बिकास समितिले हेलिकोप्टर बाट पर्यटकहरु लाई छायाँनाथ धाम घुमाउने नीति अगाडि सारेको छ जसले कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने र पर्यटन विकासको माध्यमबाट देशलाई समृद्धि तिर बढाउन टेवा मिल्ने अपेक्षा गरिएको छ ।

रारा छायानाथ हेलिकोप्टर यात्रामा ३० मिनेटमै छायानाथको दर्शन गरी हिमशृंखलाको अवलोकन गन पाइनेछ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी कहिलेकाही हेलिकोप्टर प्याकेज गरिने गरेको भएपनि त्यो सर्वसाधारण नागरिकको लागि महँगो हुने गरेको छ । छायाँनाथ बिकटतासँगै प्रचार–प्रसार अभावका कारण राष्ट्रिय एबं अन्तर्राष्ट्रिय हिसाबले ओझेलमा पर्दै आएको छ ।

पर्यटकीय सम्भावना

विश्वमा रहेका हिन्दु, बौद्ध तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार–प्रसार र भौतिक विकास राज्यका निकायहरुबाट हुन नसक्दा देशले धार्मिक पर्यटन गुमाउदै आएको छ ।

देश तथा कणाली प्रदेशमा धार्मिक पर्यटनबाट जनतालाई आर्थिक सम्पन्ता गराउने हो भने संघिय, प्रदेश तथा स्थानिय सरकारहरुले आ–आफनो क्षमता अनुसार छायाँनाथको विकासमा लगानी गर्नुपर्ने देखिन्छ ।

कसरी पुग्ने ?

मुगुको सदरमुकाम गमगढीबाट उत्तर दिशा हिडेर ३ दिनको पैदल दुरीमा हिमालमा रहेको छायाँनाथ मन्दिर पुग्न सकिन्छ । यहाँ गाँस, बासको व्यवस्था नहुने भएकाले तिर्थालुहरुले आफै बास गाँसको जोहो गरेर यात्रामा जाने गरेका छन् । रारा तालबाट धार्मिकस्थल छायानाथ देखिने भएपनि हिँडेर पुग्न भने ४–५ दिन लाग्ने गर्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *