अजोड इन्स्योरेन्सकाे शेयर रजिष्ट्रार सिभिल क्यापिटल
इन्भेष्टोपेपर । श्रावण ०४, २०७८
अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ ।
आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हाे।
