ग्यालेक्सी एस २५ एफई सार्वजनिक

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८२

काठमाण्डौ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफइ सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्।

क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस २५ एफइ प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई-संचालित सुविधाहरू अब रु.९९,९९९ (८ जिबि र २५६ जिबि) मा उपलब्ध छ।

ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी एस २५ एफइ ले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ। वास्तविक(समय भरच्युल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ, र अन-स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधाहरूको साथ, एस २५ एफइ ले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।

ग्यालेक्सी एस २५ एफइ ले यसको एआइ-संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ मेघापिक्सेल फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर एचडिआर  मार्फत फोटो र भिडियो हरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ शटहरू खिच्दछ।

जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो भमष्तलाई सहज बनाउँदै, अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो-मोशन क्लिपहरू सिर्जना गर्दछ। अटो ट्रिमको साथ,  स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।

सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी एस २५ एफइ लगायतका नयाँ सामसङ डिभाइसहरूलाई ०% ब्याजदरमा सजिलो ईएमआई प्लान मा प्राप्त गर्न सक्छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *