सवैभन्दा ठूलाे विकास बैंक सञ्चालनः पूर्वाधार विकासमा पूँजी परिचालन
Investopaper, फाल्गुन २२, २०७५
बुधबार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल इन्फ्रास्टक्चर बैंकको एक समाराेहवीच शुभारम्भ गर्नु भयाे । नेपालमा पुर्वाधार विकासको क्षेत्रमा ठूलो लगानी गर्ने उद्देश्यले २० अर्ब चुक्ता पूँजीमा सबैभन्दा ठूलो बैंक नेपाल इन्फ्रास्टक्चर बैंक सञ्चालनमा आएको छ।
नेपाल इन्फ्रास्टक्चर बैंकमा नेपाल सरकार, विभिन्न वाणिज्य बैंकहरु, बीमा कम्पनी र निजी क्षेत्रको सहभागितामा सञ्चालनमा आएको बैंकमा सर्वसाधारणको समेत लगानी हुनेछ । २० अर्ब रुपैयाँ चुक्ता पूँजी सहित स्थापना भएको बैंकमा सरकारको १० प्रतिशत सहित ६० प्रतिशत अर्थात १२ अर्ब संस्थापक लगानी हुनेछ भने ४० प्रतिशत अर्थात आठ अर्बको शेयर सर्वसाधारणको हुनेछ ।

उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले आर्थिक समृद्धिकालागि मुलुकमा ठूलो लगानीकाे आवश्यक महशुसगरि बैंक सञ्चालनमा आएकाले यो बैंकले पूर्वाधार निर्माणमा परिपुरकको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयाे। ठूला पूर्वाधार निर्माणमा लगानी गर्न नेतृत्वदायी भूमिका खेल्नुका साथै गैर-अावासिय नेपाली र विदेशी लगानीकर्ताको लगानी भित्र्याउन पनि पहल गर्नुपर्ने धारणा व्यक्त गृनुभयाे ।
कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले लामो समयको प्रतिक्षापछि खुलेको पुर्वाधार बिकास बैंक बित्तिय क्षेत्रमा कोसे ढुंगा बन्न सक्ने बताउनु भयाे । देशकाे आर्थिक बृद्धिदर आगामी दिनहरूमा अरू तीव्रगतिका साथ अघि बढाउन यस बैकको सन्चालनबाट टेवा पुग्ने राष्ट्र वैंकले बिश्वास लिएकाे छ भन्नु भयाे ।
साेही समाराेहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार विकासमा आवश्यक पूँजी जुटाउन बैंकले विशेष रणनीति तय गरि काम गर्ने बताउनु भयाे । कृषि, जलविद्युत, पर्यटन, यातायातलगायत ठूला पूर्वाधार विकासमा वैंककाे लगानी केन्द्रित हुने समेत बताउनु भयाे ।
