सुनै सुनकाे मन्दिर : जसकाे निर्माणमा १५ हजार किलोभन्दा धेरै शुध्द सुन प्रयाेग गरिएकाे छ

इन्भेष्टोपेपर । जेष्ठ १३, २०७

विश्वमा धैरै चकित पार्ने खालका निर्माणहरू भएकाछन् । यसैमध्ये सुनै सुनले झकिझकाउ मन्दिर जसकाे छानो देखि लिएर द्वार सबै सुनका । यो मन्दिर १५ हजार किलाे भन्दा धेरै सुनले बनेको छ । दक्षिण भारतको तमिलनाडुस्थित भेल्लोर गोल्डेन टेम्पल यस्तो मन्दिर हो जसकाे निर्माणमा १५ हजार किलो भन्दा धेरै शुद्ध सुन प्रयाेग गरिएकाे छ ।

यो मन्दिर श्रीपुरम् र महालक्ष्मी स्वर्ण मन्दिरको नामले पनि चिनिन्छ । सन् २००७ अगस्त १५ तारिखमा यो मन्दिर तयार भै उदघाटन गरिएकाे हो । याे मन्दिरकाे निर्माण गर्न करीव ७ वर्ष लागेकाे थियाे भने ३ सय कराेड भन्दा धेरै धनराशी खर्च भएकाे थियाे । सुन र तामा लेपन गर्न करिब ४ सय जना स्वर्णकार तथा ताम्रकारहरूले काम गरेका थिए ।

मन्दिरकाे छाना मात्र नभै सबै भित्ताहरूमा सुनकाे लेपन लगाइएकाे छ । भित्रि भागमा १२ पत्रसम्म शुद्ध सुनकाे लेपन गरिएकाे छ । सुनले छाएको हुनाले रातको प्रकाशमा यो मन्दिर झलमल बल्दछ र निकै सुन्दर देखिन्छ । वर्षेनी लाखौँ हिन्दु धर्माबलम्बी यो मन्दिरमा दर्शनका लागि आउँछन् ।

महालक्ष्मी स्वर्ण मन्दिर रातीकाे दृश्य

यस मन्दिरमा आउने भक्तजनहरूले बर्षाैदेखि चलिआएकाे ड्रेसकाेड पनि पालना गर्नुपर्ने हुन्छ । लुंगी, सर्ट पेन्टस्, मिडि, नाइटी, बरमुडा लगाएर दर्शन गर्न मनाही छ । विहान ४ बजेदेखि ८ बजेसम्म मन्दिर अभिषेककाे लागि र बिहान ८ बजेदेखि राति ८ बजेसम्म अन्य श्रध्दालु भक्तजनकाे लागि खुला रहन्छ ।

१ सय एकड भन्दा धेरै क्षेत्रफलमा फैलिएको यो मन्दिरको चारैतर्फ सुन्दर हरियाली रहेको छ । मन्दिर परिसरमा भारतका सबैजसो प्रमुख नदीको पानी लिएर सर्व तिर्थम सरोवर नामको कुण्ड बनाइएको छ । यो मन्दिरको सुरक्षामा चौबीसै घण्टा पुलिस र सुरक्षा गार्डले पहरा दिइरहेका हुन्छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *