सूरज कुमार थापाको गीत “नौ डाँडा पारी” सार्वजनिक (भिडियो सहित)

 इन्भेष्टाेपेपर । कार्तिक २१, २०७७ 

गायक सुरज कुमार थापाको “नौडाँडा पारी“  बोलको म्युजिक भिडियो हालै गायक थापाको आफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको छ । गायक सुरजले आफ्नो एकल एल्बम-“चिनारी“ मा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका  हुन् ।

नेपाली आधुनिक गीतसंगीत क्षेत्रका वरिष्ठ गीतकार तथा कवि मंजुल द्वारा रचित  तथा वरिष्ठ गायक तथा संगीतकार बिनोद स्याङदेनको संगीत रहेको यस म्युजिक भिडियोको गीतमा गायक सुरज कुमार थापाको स्वर तथा संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा गायक सुरजकुमार थापा र देवकी बोहराको अभिनय, फोटोग्राफी निर्देशनमा सरन महर्जन, धमेन महर्जनको छायांकन, निरू बस्नेतको मेकअप, शिबु श्रेष्ठको सम्पादन तथा सन्तोष बस्नेतको परिकल्पना र निर्देशन रहको छ ।

गायक सुरज कुमार थापा र देवकी बोहोराले यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु पनि गरेका छन्। सम्रगमा हेर्दा तथा सुन्दा कर्णप्रिय, सदाबहार र मीठो गीति रचना, संगीत तथा आवाज अनुरूप म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *