नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख सहयोग

इन्भेष्टोपेपर । श्रावण २८, २०७७

काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा  ३ करोड ४६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त चेक हस्तान्तरण गर्नु भएकाे हाे । कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको उक्त रकम सरकारलाई हस्तान्तरण गरेको जनाएको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिनु भयाे ।  

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषणा गरेको बताउनु भयाे । बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराउनु भयाे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेकाे जनाउदै नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास समेत व्यक्त गर्नु भयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *