एनएमबि बैंककाे शेयर कारोबार शुरूः ओमको १४ महिना राेक्का

Investopaper, कार्तिक २१, २०७६

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज भएपछि बनेको एनएमबि बैंकको आज विहीबारदेखि शेयर कारोबार खुल्ने भएको छ । पहिले प्राइम र पछि एनएमबि बैंकसंग मर्जर प्रकृयाका कारण चौध महिनादेखि राेक्का रहेकाे ओमको शेयर कारोबार खुला हुने भएको छ । एनएमबि बैंकको भने गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का थियो ।

नेप्सेमा ओम डेभलपमेन्ट बैंकको शेयर अब एनएमबिको नाममा कारोबार हुनेछ । कारोबार लागि नेप्सेले एनएमबि कोड प्रदान गरेको छ भने एनएमबिको ओपनिङ रेञ्ज प्रतिकित्ता ३५१ रुपैयाँ तोकिएको छ । यहि मूल्यलाई आधार मानेर विहीबार कारोबार हुने नेप्सेले जनाएको छ ।

दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। एनएमबि बैंकको अन्तिम पटक नेप्सेमा प्रतिकित्ता ३८२ रुपैयाँका दरले कारोबार भएको थियो । एनएमबिको पनि झण्डै ५ महिनापछि नेप्सेमा शेयर किनबेच हुन लागेको हो ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले गत असोज ११ गतेदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए । एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्ज गरेका हुन् । जस आधारमा ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता शेयर पाएका छन् ।

बुधबार नेप्सेमा एनएमबि बैंकको कूल एक करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर सूचिकृत भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जभएपछि बैंकको सो मात्राको शेयर नेप्सेमा थपिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *