कम्पनी रजिष्ट्रारको कार्यलय पनि प्रादेशिक संरचनामाः बुटवल र र्इटहरीमा कार्यालय स्थापना हुंदै

Investopaper, फाल्गुन २१, २०७५

काठमाडौं : काठमाडौंबाट मात्रै हुने कम्पनी दर्ता सम्बन्धि काम अब प्रदेशबाट पनि हुने भएको छ। सरकारले चैत पहिलो सातादेखि प्रदेश कार्यालयबाट पनि कम्पनी दर्ताको काम गर्ने भएको छ।

कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार, बुटवल कार्यालयको लागि बुटवलस्थित जनकपुर चुरोट कारखानाको भवनमा कार्यालय राख्ने टुङ्गो लागिसकेको छ। इटहरी कार्यालयको लागि भने भवन भाडामा लिने अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्रालयले प्रदेश कार्यालयको लागि भन्दै ७५ लाख रुपैयाँका दरले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।

हालकाे लागि कम्पनी रजिष्ट्रारको प्रदेश कार्यालयमा ७/७ जना कर्मचारीको दरबन्दी कायम गरिएकाे छ, जसमा उपरजिष्ट्रार १ जना, सहायक रजिष्ट्रार २ जना, नायब सुब्बा १ जना र कम्प्युटर अधिकृत १ जना रहने छन्। कार्यालय सहयोगी र सवारीचालक पनि १/१ जना रहने गरि एउटा कार्यालयको लागि ७ जनाको दरबन्दी स्विकृत भएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयमा उपरजिष्ट्रारले १० करोड रुपैयाँ स्थिर पूँजी भएका कम्पनी दर्ता गरिरहेकाले प्रदेश कार्यालयले पनि १० करोड रुपैयाँसम्मका कम्पनी मात्रै दर्ता गर्ने छन्। प्रदेश कार्यालयले हेर्ने कम्पनीका फाइल केन्द्रिय कार्यालयबाट उता लगिने र त्यसपछि नवीकरणका सबै काम प्रदेश कार्यालयबाटै हुनेछन्।

अनलाईन पेमेन्ट सुरु गरिसकेको कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाखदेखि डिजिटल सिग्नेचर र पूर्ण स्वचालित अनलाइन प्रणाली लागु गर्ने तयारी गरिरहेको छ। प्रदेश कार्यालयमा भने यीनै काम अर्को आर्थिक वर्षबाट मात्रै सुरु गरिने कार्यालयले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *