प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने भाेली अन्तिम दिन

इन्भेष्टोपेपर । असार १८, २०७७

लकडाउनबाट प्रभावित भएकाे प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद भाेली शुक्रवार अन्तिम दिन रहेको छ । 

उक्त कम्पनीले गत फागुन १८ देखि चैत २३ गतेसम्म विक्री खुला गर्ने गरि विक्रिमा ल्याएकाे हकप्रद शेयर लकढाउनका कारण चैत्र ११ गते देखि स्थगित गरिएको थियाे भने असार ७ गतेदेखि असार १९ गतेसम्मका लागि कम्पनीले पुन: विक्रीमा ल्याएको हो । 

 एनएमबि क्यापिटल विक्री प्रबन्धक रहेको उक्त हकप्रदलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । 

हाल रू. ६४ करोड १५ लाख २० हजार चुक्तापूँजीको आधारमा ६० प्रतिशत हकप्रद जारी पश्चात उक्त कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *