रोनाल्डिन्हाे पक्राउः ‘उनलाई आफ्नाे राहदानी नक्कली भन्ने थाहा थिएन’

इन्भेष्टोपेपर । फागुन २६, २०७६ 

काठमाण्डौ – ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका वकिल सर्जिओ क्विरोजले दाबी गरेका छन् ।

क्विरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरुसमक्ष आग्रह पनि गरेका छन् । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ रोबर्टोले नक्कली कागजात पेस गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु दुवै जना यही विषयमा गएकाे तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । वकिल क्विरोजले भने, ‘रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।’

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गएकाे बुधबार पाराग्वे आइपुगेका थिए । 

विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थियाे । 

— रासस 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *