एससिटि – युनियनप कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

न्भेष्टाेपेपर ।  भदाै  ४, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससिटि—युनियनपे कार्डबाट अब नेपालमा सञ्चालन हँुदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ । 

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससिटि—युनियनप कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ । नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नुहुन्छ ।

यस सुबिधाले ग्राहकहरूलाई आफ्नो एससिटि—युनियनप कार्डबाट पिओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ(कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।  

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटि—युनियनप कार्ड जारी गर्दै आइरहेको छ । एससिटि—युनियनप डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एसिटीका उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट  प्राप्त गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *