सेयर बजारमा झिनाे सुधार, कारोबार रकम घट्यो

न्भेष्टाेपेपर ।  चैत २७, २०८१

काठमाडौं  । नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.४४ अंकले बढेर ४४६.२२ विन्दुमा पुगेकाे छ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ।  मंगलबार ५ अर्ब ३० करोड मूल्यको सेयर कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भयो। यसदिन ३१७ स्क्रिप्सको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँमा खरिदबिक्री भए।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। नेपाल माइक्रो फाइनान्सको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। विन नेपाल लघुवित्त वित्तीय संस्था,बोटलर्स नेपाल, सोल्टी होटेल र नगदी ग्रुप सेयर कारोबार गरी  कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सीईडीबी होल्डिंक्सको ३० करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको २७ करोड,नेपाल रिइन्स्योरेन्सको २२ करोड र राधी विद्युतको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १५४ स्टक्सको मूल्य बढ्दा ९० वटाको घटयो। १ स्टकको मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक भने हरियाली देखिएका छन्। आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले बढ्यो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *